Section 3G
समिति गठन गर्न सक्ने :

(१) प्राचीन स्मारकहरूको सर्भेक्षण एवं वर्गीकरण गर्न तथा संरक्षित स्मारक क्षेत्रभित्र निजी हक भोगको जग्गामा बनाइने घर वा भवनको शैली वा मापदण्डका सम्बन्धमा पुरातत्व विभागलाई परामर्श दिन र ऐतिहासिक तथा कलात्मक दृष्टिले महत्वपूर्ण मानिएका प्राचीन स्मारकहरूको उचित संरक्षण गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न विभिन्न समितिहरू गठन गर्न सकिनेछ ।
(२) उपदफा ( १) बमोजिमका समितिहरूको गठन तथा काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।